५ अङ्कले घट्यो शेयर बजार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

५ अङ्कले घट्यो शेयर बजार


प्रशासन संवाददाता

१९ फाल्गुन २०७५, आइतबार


काठमाडौं । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब ५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २३३।८८ विन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता शेयर रु २३ करोड ५३ लाख २० हजार ९४० मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका १० उपसमूह मध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने ८ उपसमूहको शेयर घटेका छन् । होटल ४.२३ र जीवन बीमा ५३।०८ विन्दुले बढेको छ । बैंकिङ ६.५९, विकास बैंक ४.४६, जलविद्युत् ४.११, वित्त ०.४४, निर्जीवन बीमा २७.७२, उत्पादन २३.७३, अन्य १.८९ र लघुवित्त ७.५५ विन्दुले घटेको छ ।

स्टकका अनुसार भागर्व विकास बैंकका शेयरधनीले ५.८४ प्रतिशतले कमाउँदा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३.४५, सानिमा माइ हाइड्रो पावर कम्पनी २.७९ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले २.२० प्रतिशतले कमाएका छन् ।

यस्तै सिन्धु विकास बैंकका शेयरधनीले ८.६९, कृषि विकास बैंक ६.४१, आँखु खोला जलविद्युत् कम्पनी ५.८८, घलेम्दी हाइड्रो पावर लिमिटेड ४.७४, जोशी हाइड्रो पावरका शेयरधनीले ४.५४ प्रतिशतले गुमाएका छन् ।

घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ६० लाख चार हजार ६५९, नेपाल बैंक लिमिटेडको रु १ करोड पाँच लाख ५९ हजार ४११, प्रभु बैंकको रु ९९ लाख १० हजार ९४१ र एनएमबी बैंकको रु ९५ लाख ६९ हजार ५७३ मूल्यमा शेयर कारोवार भएका छन् ।

प्रतिक्रिया दिनुहोस