२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिस्पर्धा गर्नसक्ने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति

अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

डिल्लीबजार कन्याबहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा उनले युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य अघि बढाउन सुझाव दिए ।

“विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि प्रतिस्पर्धी बनाउनु आवश्यक छ,”उनले भने ।
अहिले शिक्षकले विद्यार्थीलाई रोवर्ट बनाएको छ की मान्छे भनी प्रश्न गर्दै उनले मुलुकको भूगोल र सामाजिक विविधता बुझ्ने शिक्षा प्रदान गर्नु आवश्यक रहेको उल्लेख गरे ।

पूर्व राष्ट्रपति डा यादवले मधेश र पहाड मिलाएर गएमात्र मुलुकको विकास हुने बताए । कांग्रेसको तर्फबाट राष्ट्रपति बनेका डा. यादवले नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले पैसामा सांसद पद बेच्नु दुर्भाग्य भएको बताए।

प्रदेश नं.३ का प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालयको स्थिति राम्रो नभएको बताए ।

उहाँले सामुदायिक विद्यालयको विकासका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रदेश नं.३ का अर्का प्रदेशसभा सदस्य गणेश दुलालले नारी शिक्षाको लागि मुलुकले जति पहल गर्नुपर्ने हो त्यो पूर्ण नभएको बताए। “सक्षम जनशक्ति नेपालमा रोक्न नसकेसम्म सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा हुनसक्दैन,”उनले भने ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वमन्त्री होमनाथ दाहालले सरकारले सामुदायिक विद्यालयलाई विशेष सहयोग गर्नुपर्ने बताए । शिक्षामा नारीको पहुँच बढाउनका लागि वि.सं. २०३७ मा स्थापना भएको क्याम्पसमा हाल स्नातक तहमा मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन, बिबिएम तथा स्नाकोत्तर तहमा अंग्रेजी, नेपाली, समाजशास्त्र, र व्यवस्थापन तहको पढाइ सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख अपराजिता अर्यालले जानकारी दिए ।

पूर्व सांसद सावित्रा भुसाल, क्याम्पस व्यवस्थापन समिति सदस्य देवी लामा, पद्यकन्या विद्याश्रम व्यवस्थापन समितिका अध्यक्ष सुनिल पौडेल नेपाल प्राध्यापक सङ्घका केन्द्रीय सदस्य भोलानाथ रेग्मी, क्याम्पसका विद्यार्थी सरस्वती श्रेष्ठ, क्याम्पस अल्मुनाई एशोसियशनका अध्यक्ष राधिका चम्लागाँईलगायतले नारी शिक्षाको विकासमा क्याम्पसले महत्वपूर्ण योगदान दिएको बताए ।

कार्यक्रममा नृत्य, गायन, कविता, निबन्ध, वादविवाद, हाजिरजवाफ, ब्याटमिन्टन, खोखो, सटबुट, भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र सान्त्वना हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी, विभिन्न व्यक्तिले स्थापना गरेको छात्रावृत्ति समेत प्रदान गरिएको थियो । क्याम्पसबाट विभिन्न तहमा सर्वोकृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । क्याम्पसमा लामो समयदेखि प्राध्यापन गर्ने शिक्षकलाई समेत सम्मान गरिएको थियो ।

यसैगरी क्याम्पसमा अध्ययनरत शिक्षक श्रीकृष्ण खरेललाई विद्यावारीधि गरेवापत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस