अक्करको कथा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अक्करको कथा


१८ फाल्गुन २०७५, शनिबार


कहाँ बाट शुरु गरुँ ,
अक्करको कथा !
अरुण तीरमा दुःखि
जीवन बिताउनेको ब्यथा !!

बिकासले राई साईलालाई
छुदैछोको छैन !
ढाकर, तक्मा नाम्लो उसको
बिसिएको छैन !!

दिनै भरि माछा मारी
फिर्छ माझीकाले !
रित्तो चुल्हो पिरोलिन्छ,
सातु सामलले !!

खिच्छन् भन्छ उसको फोटो
बिदेशीले दिनदिन !
तिरिएन रे आज सम्म
बाउबाजेको ऋण !!

फेर्छौ भन्थे कायापलट
आफै लागी हामी !
यसै यसै बगिराछ
अरुणको पानी !!

पानी भित्र लुकेका
ती सम्भाबनाहरु
यसै यसै बग्दै गए !
बस्ती अन्तै सर्‍यो !!

लडीराछे गोले ठूली
बर्ष दिन भो अरे !
बेपत्ता छ ठूलो छोरो
फर्किएन अरे !!

यो कलमले सारा ब्यथा
लेख्न सक्ने हो कि हैन !
अक्करले कायापलट
फेर्न सक्ने हो कि हैन !!

प्रतिक्रिया दिनुहोस