२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्झनामा रबिन्द्र

अ+ अ-

आशा को दियो
धिपधिप बल्दै थियो
अचानक झ्याप्पै निभिदिँदा
मन बुझाउँदै छु
रबिन्द्र, तिमीलाई सम्झदैछु।

पढ्न र लेख्न मन हुँदाखेरी
छतको जोखिम यात्रामा
३३ देखी ४५ छुटमा
जितेको महसुस गर्दैहुन्थेँ
अभावको त्यो विद्यार्थी जीवन
सहज भएको ठान्थे

कालापानी दुख्दै गर्दा
छिमेकी को बलमिचाहालाई
लक्ष्मणपुर बाँधले देश डुब्दै गर्दा
तिम्रो बुलन्द आवाजले
शेर ठान्ने ठुल्दाइ थर्काउँदा
देश जितेको मान्दथे ।।

कालो सूचीमा नेपाल उडिरहेको बेला
पोखराबाट युरोप पुगेको दिन
त्यो सूर्यको किरण सँगै
आशा छरेका रबिन्द्र,
सायदै झलझली सम्झिन्छु
गौतम बुद्ध विमानस्थलबाट

अमेरिकीहरू बाहिर निस्कँदा
तिम्रै योगदान मानेर
मालातिन्लाइ पहिराउँछु।
मैले आज पाएको
सर्टिफिकेट सम्पत्ति मानेर
धितो राखी बैङ्कबाट
स्वरोजगार सहुलियत ऋणले
मेरा दाजुभाइ र चेली मुस्कुराउँदा
तिम्रै उ बेला को लिँडे ठिप्पी मान्ने
मेरै काका-काकीको ओठमा
तिम्रै मासुम मुस्कान भेट्दछु ।।

भद्रपुर विराटनगर नेपालगन्ज
राती पिलिक्क बल्दै
जहाज कुर्दै उडाउँदा
तिम्रै हठ उडेको देख्छु
जानकी मन्दिर र मिथिला संस्कृति
बिश्वसम्पदा सुचीमा अटेको बेला
त्यी थाहा नपाइ घृणा गर्ने
अबोध महामानवहरू
उत्सव मनाउनेछन् ।

पाथीभरा मुक्तिनाथ
केबुलकार चढ्दै गर्दा
ती तिम्रै प्रयासका पाइला हुनेछन् ।

२०२० पर्यटन वर्ष मनाउँदै गर्दा
२० लाख पर्यटक नेपाल डुल्दै गर्दा
तिम्रा योगदानका उपभोग गर्नेछन्
तर महसुस जब गर्नेछन्
रुख बचाउन रुखे राजनीति गर्नेले
निजगढ विमानस्थल अलपत्र पर्दा
दशकौँ पछि पर्ने मधेस देखेर
जिम्मेवार बोध गर्लान् ।

काम गर्ने कर्मीलाई
सिकार बनाउने सिकारीहरूले
विभिन्न तिर फालेकै हुन्छ
घाइते पनि भयेउ
जनता को नजरमा
तारो बनेपनी
हिम्मत हारेनौ
चुहानडाँडा बनाउँछु अझ भनेऊ
गलत भएको दिन राजनीति छाड्छु
तर देश अलपत्र बनाउन्न भनेऊ ।।

साँच्चै कोरिएका
मदन भण्डारीका लाइनले
सुनाउँथ्यो ती हरफ
एउटा बाउ मर्दा
स्वास्नी विधवा हुन्छे
छोरो बर्खी बार्छ।

तर, एउटा योद्धा मर्दा
देश विधवा हुन्छ,
इतिहास बर्खी बार्छ
त्यति मात्र हैन,
हामी टुहुरो भा’छौ
पर्यटन क्षेत्र असहाय भा’छ,
तर तिम्रै मुस्कानसहित
त्यो बोलीले भनिदेऊ
ताप्लेजुङ दाह्रेढुंगा भा’कै हो
म अलिक पर गा’कै हुँ
तब पत्याउँला यी कुरा ।।

खैर,
मृत्युमा उत्सव मनाउनेहरू
चिरञ्जीवी रहुन्
राज्य र विकासको संवाहक
रबिन्द्र अधिकारी अमर रहुन्।
हार्दिक श्रद्धा सुमन।

प्रतिक्रिया दिनुहोस