दिवंगत मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिने मन्त्रिपरिषद्को निर्णय, भोली सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दिवंगत मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिने मन्त्रिपरिषद्को निर्णय, भोली सार्वजनिक बिदा


प्रशासन विशेष ब्युरो

१५ फाल्गुन २०७५, बुधबार


सह सचिव

काठमाडौँ । हेलिकप्टर दुर्घटनामा दिवंगत संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रबिन्द्र अधिकारीलाई राष्ट्रिय सम्मानका साथ अन्यष्टि गरिने भएको छ ।

ताप्लेजुङमा भएको दुर्घटना लगत्तै बुधबार आकस्मिकरुपमा बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई राष्ट्रिय सम्मानका साथ अन्तिम विदाई गर्ने निर्णय गरेको हो। निर्णयअनुसार स्वदेशका सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

यो सँगै सरकारले हेलीकप्टर दूर्घटनाबारे छानविन र त्यसको सत्यतथ्य पत्ता लगाउन चार सदस्यीय समिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस