आधुनिक हातहतियारसहित एक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आधुनिक हातहतियारसहित एक पक्राउ


प्रशासन संवाददाता

१५ फाल्गुन २०७५, बुधबार


घुससहित रंगेहात पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-६ पानबारी चोक्टीबाट विभिन्न आधुनिक हतियार सहित मोरङ केराबारी गाउँपालिका-१० बाहुनी बस्ने ४२ वर्षीय देवकुमार लिम्बु (संगीत) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पानबारी सुनसरीबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन जाँच गर्ने क्रममा धरानबाट मोरङको केराबारीतर्फ जाँदै गरेको मे-५ प ७५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा नरोकी भागेपछि प्रहरीले तत्कालै पिछा गर्दै जाँदा उक्त मोटरसाइकलका चालक लिम्बुलाई मोटरसाइकलमा लुकाई राखेको एलएमजी १ नाल, त्यसको बाइपोर्ट १ थान, एलएमजी म्याग्जीन २ थान, एएम १६-एटु राईफल १ नाल, त्यसको म्याग्जीन १ थान फेला पारी पक्राउ गरेको हो ।

तलासीको क्रममा मोटरसाईकलमा चामलको बोराभित्र पलाईको बाकस र सो बाकसभित्र कपडाको तन्नाले बेरी लुकाई राखेको अवस्थामा फेला पारी उक्त हतियार र मोटरसाइकल समेत प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धन भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस