नेपालमै पहिलो पटक हुन लागेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालमै पहिलो पटक हुन लागेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा


प्रशासन संवाददाता

१५ फाल्गुन २०७५, बुधबार


वीरगन्ज । वीरगन्जमा हुन लागेको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

महायज्ञ आयोजक समितिले बुधबार आर्दशनगर स्थित रगंशालामा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको ९० प्रतिशत तयारी पुरा भएको जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक एव वीरगन्ज महानगरपालिकाको मेयर विजय कुमार सरावगीले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको बताउदै यज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने सुनिश्चित भइसकेको जानकारी गराए ।

उनले १९ गते महायज्ञको उदघाटन राष्ट्रपति भण्डारीले गर्ने र यज्ञको समापन २२ गते प्रधानमन्त्री केपी ओली शर्माले गर्ने बताए।

राष्ट्रपति भण्डारीले उदघाटन कार्यक्रमको पहिलो चरणमा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गर्ने र त्यसपछि युग निर्माणको लागी बनाईएको प्रदर्शनीको उदघाटन गर्नु हुने कार्यक्रम रहेको बताए । ४ दिन सम्म हुने महायज्ञमा प्रत्येक दिन भिआईपीहरुको सहभागिता रहने महायज्ञ समितिले पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

२० गतेदेखि शुरु हुने यज्ञहवनमा ७५३ जना मुख्य जजमानहरुले पुजा गर्ने छन, भने हरेक पाटकमा ३ हजार भक्तजनले पनि यज्ञमा सहभागिता जनाउदै गायत्री विधिअनुसार होम तथा पुजापाठ गर्न सक्छन, मेयर सरावगीले भने, करिब ६० हजारले महायज्ञमा हवन गर्ने व्यवस्था मिलाइएको छ । दर्ता नगराएका भक्तजनहरुलाई हवन पछि सर्वसाधारणको लाइनमा बसेर पुजा तथा हवन गर्न पाईने छन ।

महायज्ञमा हुने अपार सहभागीतालाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले अन्यबिदाहरुमा मिलान हुने गरी महायज्ञ अवधिभरी वीरगन्जका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरुमा सार्वजनिक विदा दिईएको छ । प्रत्येक बर्षमा दिइने ९ दिने जाडो विदामा कटौती गरेर ४ दिन महायज्ञ अवधिभर सार्वजनिक विदा दिने व्यवस्था मिलाइएको उनको भनाइ रहेको थियो ।

यज्ञ अवधिभर नगरक्षेत्रमा माछा, मासु तथा मदिरा विक्री वितरणमा पनि प्रतिबन्ध लगाईएको छ, धार्मिक यज्ञ भएकोले महानगरमा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वमा नगरक्षेत्रमा संचालित माछा,मासु तथा मदिरा विक्री वितरण गर्ने सम्पूर्ण पसलहरु पूर्ण रुपमा बन्द गरिने छ, अटेरी गर्नेलाई स्थानिय सरकारको कानुन बमोजिम कारवाही समेत गरिने मेयर सरावगीले बताए ।

सुरक्षाको दृष्टीले नगर क्षेत्रमा जिल्लाको सुरक्षाकर्मी बाहेक थप ६ सय सुरक्षाकर्मी बाहिर जिल्लाबाट मनाईएको छ। महायज्ञ स्थल वरिपरी पनि निजि सुरक्षाकर्मी पनि व्यापक रुपमा खटाईने , मेयर सरावगीले पत्रकारसम्मेलनमा बताए । यज्ञस्थलको सुरक्षा जिम्मेवारी लिएको सेक्युरिटी कम्पनी जि फोर्सले सुरक्षा सर्तकता अपनाउदै प्राविधियुक्त ३ सय ६० डिग्रीमा घुम्ने सिसी क्यामरा समेत जडान गरेको छ । यसले गर्दा यज्ञ वरिपरीको हरेक गतिविधि सुक्ष्मरुपमा नियाल्न सक्ने व्यवस्था समेत मिलाइएको छ ।

यज्ञमा सहभागि हुने क्षमताभन्दा बढी मानिस सहभागि हुन खोजे प्रविधियुक्त जडान गरिएको क्यामराको माध्यमले अटोम्याटिक भित्र प्रवेष गर्ने मेन गेट आफै बन्द हुने छ, र बाहिर जानको लागि बाहिने गेट खुल्ला रहि रहने छ ।

महानगरको ३० लाखको भौतिक निर्माण सहयोगमा करिब २ करोडको लागतमा महायज्ञको निर्माण गर्न लागिएको छ, यज्ञमा ४० देशका करिब ६ देखि ७ लाख पाहुनाहरुको सहभागिता हुने अनुमान आयोजक समितीले गरेको छ । यज्ञमा सहभागि हुनेको खानाको व्यवस्था र भिआईपीहरुको सेवा सतकार सम्पूर्ण तयारी भईसकेको आयोजक समितिका सह संयोजक अशोक बैद्यले पत्रकार सम्मेलनमा जानकारी गराएका छन । उनले यज्ञका सहभागि हुने आगन्तुहरुको खानाको लागि बाल मन्दिर परिसरमा व्यवस्था मिलाईएको छ ।

पाहुनाहरुको वाँस व्यवस्थापनको जिम्मा पाएका समाजिक अभियन्ता ओम प्रकाश सर्राफले यज्ञमा सहभागि हुन आएका बाहिरका पाहुनाहरुको लागि वाँस व्यवस्थापन पुरा भएको जानकारी गराए । वीरगन्जको ठाराबको गल्र्स होस्टेल, घण्टाघर नजिकै रहेको विपी उद्यानको जग्गामा पण्डाल निर्माणको कार्य तिव्ररुपमा भईरहेको छ उनले भने, नगरको हरेक धर्मशाला, होटलहरु बुक गरीसकेका छौ, बाकी रहेको कामहरु एकदुई दिनभित्र सम्पूर्ण तयारी पुरा गर्छौ ।

पाहुनाहरुको सेवा सतकारको लागि स्थानिय ५ हजार युवाहरु स्वयसेवकको रुपमा परिचालन गरिएको छ । पत्रकार सम्मेलनमा समितिका महासचिव छोटेलाल प्रसादले भारतको गुजरात, महाराष्ट्र, राजस्थान, विहार, युपि लगायतको राज्यबाट करिब साढे ७ सय गायत्री परिवारका सदस्यहरु आईपुगेका छन भने अरु आउने क्रममा जारी रहेको छ ।

उनले भने, दैनिक १/२ सय जनाको दैनिक आउने क्रम जारीरहेको छ, सवैजना महायज्ञ तयारी पुजा गर्न जुटेका छन । पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, महायज्ञ सफल बनाउन गठित मिडिया कोडिनेर समितिका संयोजक महेश दासको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सह संयोजक अनिल तिवारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस