भारतीय वायुसेनाको लडाकु विमान काश्मिरमा दुर्घटना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय वायुसेनाको लडाकु विमान काश्मिरमा दुर्घटना


१५ फाल्गुन २०७५, बुधबार


काठमाडौं । भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग २१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको जानाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस