२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशको नामाङ्कन र राजधानी सहमतिबाटै टुङिगन्छ : मन्त्री आङ्बो

अ+ अ-

मङ्गलबारे । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो लगाउने बताए । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा माङहिम ९मन्दिर० को मङ्गलबार उद्घाटन गर्दै मन्त्री आङ्बोले प्रदेशको नामाङ्कन र राजधानी सहमति र समझदारीमा टुङ्गो लगाउने बताए ।

पहिचानको आधारमै प्रदेशको नामाङ्कन गर्दा किराँत प्रदेश हुनुपर्नेमा आफूले जोड दिएको बताए । प्रदेश सरकार अहिले हिउँदे अधिवेशनबाट आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम बनाउने काममा लागिपरेको जनाउँदै उनले आगामी वर्षको बजेटमा यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत जनाए ।

पाँच वर्षको अवधिमा प्रदेश नं १ मा कोही पनि जनता भोकमरी, आवासविहीन भएर बाँच्नु नपर्ने बताउँदै उनले प्रदेश सरकार समृद्धि र विकासको पक्षमा अघि बढिरहेको उल्लेख गरे । धार्मिक तथा पर्यटकीयस्थलहरूको विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट सहयोग रहने प्रतिबद्धता जनाए । सिँचाइ, विद्युत्, कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्ने बताए ।

मन्दिर निर्माणका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको सिद्धकिराँत हाङसाम युमा माङहिम (मन्दिर) का अध्यक्ष पञ्चबहादुर योङहाङले जानकारी दिए । कार्यक्रममा किराँत धर्मगुरू मुहिङगुम अङसिमाङ आत्मनन्द लिङदेन र गुरूमा पवित्रहाङमा लिङदेनले किराँत धर्मावलम्वीहरूलाई आर्शीवचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस