असुविधा हुने गतिविधि नगर्न बोर्डको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

असुविधा हुने गतिविधि नगर्न बोर्डको आग्रह


प्रशासन संवाददाता

१४ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । धितोपत्र बजारको सुधारको विषयमा सघन छलफल र सुधारात्मक प्रयास भइरहेको बेला व्यवसायीले आन्दोलन गर्ने भन्दै विभिन्न कार्यक्रम अगाडि सारेको सन्दर्भमा नेपाल धितोपत्र बोर्डले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

सरकारले गठन गरेको मुद्रा तथा पूँजी बजारसम्बन्धी कार्यदलको सुझावअनुसार धितोपत्र बजारको समस्याको समाधानको पहल भइरहेको र सुधारका क्रममा रहेको बोर्डले पहल गरिरहेको स्पष्ट पारेको छ ।

पूँजीबजारको सुधार र विकासको पहल भइरहेको र बोर्डलाई थप स्वायत्तता प्रदान गर्ने गरी सरकारले धितोपत्रसम्बन्धी ऐन, २०६३ को संशोधनको प्रक्रिया अगाडि बढाएको समेत जानकारी दिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र दलाल व्यवसायीको पहलमा अन्य सुधारात्मक कामसमेत अगाडि बढिरहेको पहल गरिरहेको र काठमाडौँबाहिर ४१ स्थानमा दलाल व्यवसायीको शाखा खोल्न स्वीकृति दिइएको तथा अन्य ठाउँमा शाखा खोल्न पूर्वस्वीकृति दिइएको स्पष्ट पार्दै बोर्डले प्रतिस्पर्धात्मक र गुणात्मक रुपमा बजार अगाडि बढाउन प्रयास गरिरहेको र आवश्यक सुझावको समेत अपेक्षा गरिएको स्पष्ट पारेको छ ।

व्यवसायीले गर्ने भनिएको विरोधका कार्यक्रमले लगानीकर्तालाई असुविधा भई बजारमा अझै प्रतिकूल प्रभाव पर्ने तथा राष्ट्रिय विकासको कार्यमा समेत अवरोध हुने भएकाले संयमता अपनाउन आग्रह गरिएको प्रवक्ता निरज गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस