२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ राष्ट्रिय सुरक्षा नीतिको तयारी अन्तिम चरणमा : उपप्रधानमन्त्री पोखरेल

अ+ अ-

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निजामती सेवाको २४ घको जस्तो नेपाली सेनामा पदक्रम (चेन अफ कमाण्ड) नै बिग्रने गरी गरिएको ‘फाष्ट ट्र्याक’ बढुवा व्यवस्था सच्याइएको बताएका छन् ।

आफूले रक्षा मन्त्रालयको जिम्मेवारी लिएको एक वर्षको कार्यकालमा सम्पादित मुख्य कार्यबारे पत्रकारलाई आज जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले केही विशिष्ट योगदान भएका व्यक्तिबाहेक चेन अफ कमाण्ड नै खलल हुने गरी सेनामा अब फाष्ट ट्र्याकबाट बढुवा नहुने बताए।

रक्षामन्त्री पोखरेलले भने, ‘राष्ट्रिय सुरक्षा परिषद् ऐनको मस्यौदा तयार गरी संघीय संसद्मा पेश गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्समक्ष प्रस्तुत गरिएको छ, जेनेभा महासन्धि कार्यान्वयन गर्ने सन्दर्भमा ऐनको मस्यौदा तयार गरी संसद्मा पेश गर्ने गृहकार्य भइरहेको छ ।’

शान्ति सेनामा भाग लिन जाने सकल दर्जाका सैनिकको थप छनोटलाई निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी बनाउन शान्ति सेना छनोट कार्यविधि २०७५ तयार गरी कार्यान्वयनमा ल्याएको बताउँदै उनले भने, ‘द्वन्द्व प्रभावित तथा दुर्घटनामा परेका सैनिक तथा तिनका आश्रित परिवारलाई उचित सुविधा प्रदान गर्न सैनिक सेवा नियमावली २०६९ को पहिलो संशोधन गरी कानूनी आधार तयार भएको छ ।’

मौजुदा राष्ट्रिय सुरक्षा नीति २०७३ लाई पुनरवलोकन गरी नयाँ नीति बनाउने काम अन्तिम चरणमा पुगेको तथा प्रतिरक्षा नीतिको प्रारम्भिक मस्यौदालाई आवश्यक परिमार्जन गरी राष्ट्रिय सुरक्षा परिषद्मा पेश गरिएको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए ।

सेनाको व्यवस्थापनमा निर्माण शुरु भएको काठमाडौँ–तराई–मधेश दू्रत मार्गको जग्गा अधिग्रहण र रूख कटानको कार्य ९७ प्रतिशत पूरा भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले सडक निर्माणको ५४ किमी खण्डभित्र पहाड फोरेर माटो फ्याँक्ने काम ७५ प्रतिशत भइसकेको बताए ।

बङ्करदेखि ब्यारेक कार्यक्रमअन्तर्गत १६९ वटा भौतिक पूर्वाधार निर्माणले तीव्रता पाएको तथा पोखरा र इटहरीमा सैनिक तथा गैरसैनिकलाई समेत सेवा उपलब्ध गराउने गरी सैनिक अस्पताल निर्माण भइरहेको पनि सो अवसरमा जानकारी दिइयो ।

राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण योजनाअन्तर्गत सिरहा, रुपन्देही, बर्दिया र कैलालीमा चार वटा तालको संरक्षण तथा संवर्द्धन गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको तथा राष्ट्रिय महत्वका ऐतिहासिक गढी, किल्ला र स्मारकको संरक्षणलाई मन्त्रालयले प्राथमिकता निर्धारण गरेर कार्यक्रम अघि बढाएको पनि उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए।