२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहीदको बाटोमा हिँड्ने गृहमन्त्रीको प्रतिबद्धता

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शहीदले देखाएको बाटोमा प्रतिबद्ध भएर लाग्ने बताएका छन्।

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको इतिहासमा राजनीतिक, सामाजिक परिवर्तनका निम्ति नेपाली सपूतले असाधारण बलिदान गरेका छन्, परिवर्तनका लागि दशौँ हजारको बलिदान भएको छ, हजारौँ बेपत्ता तथा घाइते हुनुहुन्छ, शहीदको चाहना पूरा गर्न प्रतिबद्ध छौँ ।’

नेपालको इतिहासमा राजनीतिक, सामाजिक परिवर्तनका लागि नेपाली जनताले निरन्तर संघर्ष गर्दै आएको स्मरण गर्दै गृहमन्त्री थापाले जनसंघर्षको उच्चतम् अभिव्यक्तिका रुपमा दशवर्षे जनयुद्ध भएको बताए। उनले भने, ‘जनयुद्धमा दलित र महिलाको विशेष योगदान रहेको छ, कालीकोटको प्रहरी चौकी महिलाले कब्जा गरेका थिए, जनयुद्धमा पहिलो शहीद दलित समुदायबाटै भएका छन् ।’

नेपाल एकीकरणदेखि जनयुद्धसम्म ‘गोरखा’ जिल्लाले ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै उनले सामन्तवादको अन्त्य गर्दै जनताको गणतन्त्र स्थापना गर्ने आन्दोलनको शुरुआतसमेत सोही जिल्लाबाट भएको बताए ।

कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका संयोजक तिलक परियारले दलित मुक्ति आन्दोलनका विरासतका रुपमा ‘जनयुद्ध’ भएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि एकताबद्ध भएर अघि बढ्नुको कुनै विकल्प नरहेको बताए ।