श्रीमतीको हत्या आरोपमा पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

श्रीमतीको हत्या आरोपमा पक्राउ


प्रशासन संवाददाता

१४ फाल्गुन २०७५, मंगलबार


बनियानी । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले श्रीमती हत्या गरेको आरोपमा आज एकलाई पक्राउ गरेको छ ।

घरायसी विवादका क्रममा कोदालोको पासो र बाँसले हानेर श्रीमतीको हत्या गरेको आरोपमा मेचीनगर–१५ का ३५ वर्षीय लखिन्द्र राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार खगिन्द्रले आज बिहान करीब ६ः३० बजे आफ्नी श्रीमती ३४ वर्षीया चम्पली राजवंशीलाई कोदालोको पासो र बाँसले हानेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जिप्रकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस