३१ जना सडक बालबालिकाहरुको उद्धार (नामावलीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३१ जना सडक बालबालिकाहरुको उद्धार (नामावलीसहित)


प्रशासन संवाददाता

१४ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गौशाला क्षेत्रबाट १९ जना र ठमेल क्षेत्रबाट १२ जना गरी जम्मा ३१ जना सडक बालबालिकाहरुको उद्धार गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं, बालबालिका खोजतलास समन्वय केन्द्र र सोभर रिकभरी पुन: स्थापना केन्द्रको संयुक्त साझेदारी तथा समन्वयमा सोमबार राति उनीहरुलाई उद्धार गरिएको हो ।

कुलत तथा दुर्व्यसनमा फसेका र घर परिवारबाट बिछोडिएर सडकमा कष्टकर रुपमा रात बिताउन वाध्य भएका असहाय व्यक्तिहरु तथा बालबालिकाहरुको जीवन जोखिममा रहेको साथै उनीहरुको मृत्यु समेत हुने सक्ने भएकोले उनीहरुको उद्धार गरिएको हो ।

उनीहरुलाई सोभर रिकभरी सेण्टर जोरपाटी, काठमाडौंमा पुनस्स्थापना गरिएको छ ।

 नामसहित

Tags :
प्रतिक्रिया दिनुहोस