२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतबाट अवैध रूपमा ल्याइएका चालीस हजार अण्डा नष्ट

अ+ अ-

भरतपुर । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो ।

सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ३० हजार अण्डा नष्ट गरिएको नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । विशेष सूचनाका आधारमा अवैध अण्डा ल्याएको भेटेपछि अण्डा नष्ट गरिएको उनले बताए । दुवै ह्याचरीबाट अण्डा उत्पादनका लागि ह्याचरसेटमा राखिएकै अवस्थाबाट निकालेर अण्डा नष्ट गरिएको हो ।

ह्याचरी उद्योग सङ्घका केन्द्रीय र जिल्ला पदाधिकारीको टोली र क्वारेन्टाइनका चिकित्सकको टोलीले उद्योगमै पुगेर अण्डा नष्ट गरेका हुन् । आज मिलन ह्याचरीले अवैध रुपमा ल्याएको १० हजार अण्डा पशुविज्ञ केन्द्रमा नष्ट गर्ने तयारी गरिएको पौडेलले बताए । अण्डासहितको गाडी उद्योगीले नियन्त्रणमा लिई पशुविज्ञ केन्द्रमा बुझाएका हुन् । यी ह्याचरीले यसअघि पनि पटक–पटक भारतबाट अवैध रुपमा अण्डा ल्याउने गरेका थिए ।

ह्याचरी उद्योगलाई धरासायी बनाउन भारतबाट बर्डफ्लु लागेको अण्डा अवैध रुपमा भित्र्याइएको पौडेलले बताए । रोगको प्रकोप फैलाउन अण्डाको अवैध कारोवार बढेको उनको भनाइ छ । नेपालमा २१५ ह्याचरी उद्योग छन् भने चितवनमा मात्रै सयभन्दा बढी उद्योग छन् । प्रतिहप्ता ३० हजार बोइलर चल्ला र तीन लाख लेयर्स चल्ला उत्पादन हुने गरेको नेपाल ह्याचरी उद्योग सङ्घले जनाएको छ । रासस