२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भविष्य निर्माण माविमा झण्डै दश लाखको अक्षयकोष

अ+ अ-

पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा चासो बढिरहेको अवस्थामा पोखरा–२१ स्थित भविष्य निर्माण माविमा शिक्षासेवीबाट रु नौ लाख ५३ हजार ८३० को अक्षयकोष स्थापना भएको छ । विद्यालयमा अध्ययनरत गरीब एवं जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गरी पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीयवासीबाट उक्त अक्षयकोष स्थापना भएको हो ।

विद्यालयको आइतबार सम्पन्न ६६ औँ वार्षिकोत्सव समारोहमा विभिन्न सात महानुभावबाट एकै दिनमा रु चार लाख ३९ हजार २३० बराबरको अक्षयकोष स्थापना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए ।

विद्यालयमा यसै क्षेत्रबाट निर्वाचित एवं नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीले बुबा इन्द्रप्रसाद अधिकारीको नाममा आफ्नो व्यक्तिगत एक लाख पाँच हजारको अक्षयकोष स्थापना गरेका छन् । अध्यक्ष भुजेलका अनुसार श्रीबहादुर रानाभाटले आफ्ना बुबा चेतबहादुर रानाभाटको स्मृतिमा रु एक लाख ११ हजार १११, खड्कराज आचार्य र छोरा डा सिपी र दिपेन्द्र आचार्यले छोरी राधाकुमारी आचार्यको स्मृतिमा रु ५५ हजार ५५५, स्व बुबा भोलानाथ सुवेदीको स्मृतिमा छोरा नारायण ९तोरण० र नवराज सुवेदीले ५३ हजारको अक्षयकोष स्थापना गरेका छन् ।

त्यस्तै स्व बुबा जयबहादुर खत्रीको स्मृतिमा छोराबुहारी इन्द्रबहादुर र मिठुबाट रु ५० हजार, कृस्ति पोखरा मिलन बचत तथा ऋण सहकारी संस्थाबाट रु ५१ हजार, विद्यालयका संस्थापक स्व टेकबहादुर रानाभाटको स्मृतिमा उहाँका छोरा रमेशले रु १५ हजार ५५५, स्व पति हरिबहादुर ढकालको स्मृतिमा श्रीमती सिनाले रु ५० हजार नौको अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिए ।

पोखरा–१७ राष्ट्र बैंक चोक निवासी तुुलबहादुर गुरुङ र उहाँकी श्रीमती आशकुमारीले आप्mना स्व बुबा लालबहादुरको स्मृतिमा रु दुई लाख २० हजार, नारायण रानाभाटबाट बुबा बलबहादुरको स्मृतिमा रु ४० हजार १००, नरेन्द्र रानाभाटले बुबा टेकबहादुरको स्मृतिमा रु २२ हजार, पोखरा–१७ निवासी इन्द्रबहादुर र सुशीला थापाबाट स्व नरबहादुरको स्मृतिमा रु २५ हजारको अक्षयकोष स्थापना भएको अध्यक्ष भुजेलले बताए।

त्यस्तै खगराज आचार्यले रु ५० हजारको कला र सहित्य अक्षयकोष स्थापना गरेका छन् । विद्यालयका लेखापाल फणिन्द्र थापाका अनुसार चन्द्रबहादुर थापा स्मृति अक्षयकोषमा रु १० हजार, हिराबहादुर कुँवरबाट रु १० हजार, रम्वी खत्रीले स्व पति तेजबहादुर खत्रीको स्मृतिमा रु १५ हजार, झपटबहादुर रानाभाटले बुबाआमा तिलकबहादुर र लीलामायाको स्मृतिमा रु १५ हजार सहयोग गरेका छन् ।

त्यसैगरी तेजबहादुर खत्रीको स्मृतिमा उहाँका श्रीमतीद्वय राधाकुमारी र कृष्णकुमारी खत्रीबाट रु १० हजार ५००, धनबहादुर कार्कीबाट रु २० हजार, आमा मीनुदेवी खत्रीको स्मृतिमा छोरी सीता कार्कीले रु १० हजारको अक्षयकोष स्थापना गरेका छन् ।

अक्षयकोषदातालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले वार्षिकोत्सवका अवसरमा आइतबार दोसल्ला र सम्मानपत्रले सम्मान गरे । वि.सं. २००५ मा भाषा पाठशालाका रूपमा स्थापित एवं विसं २००९ मा वैधानिकता प्राप्त गरेको उक्त विद्यालयमा हाल ४०० विद्यार्थी र २१ शिक्षकशिक्षिका रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले जानकारी दिए।

उनका अनुसार विद्यालयमा हालसम्म कक्षा नर्सरीदेखि आठसम्म अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको छ भने अर्को वर्षदेखि कक्षा ९ सम्म विस्तार गरिने तयारी भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस