मेल्लेखमा ६७ पेटी मदिरा नष्ट « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

मेल्लेखमा ६७ पेटी मदिरा नष्ट


१३ फाल्गुन २०७५, सोमबार


अछाम । मेल्लेख गाउँपालिकामा गाडी सहित स्थानिय महिला सञ्जाल र प्रहरीको सक्रियतामा ६७ पेटी कमसल मदिरा नष्ट गरिएको छ ।

बरदादेबी सप्लायर्स जयगढबाट दुई जिपमा मेल्लेख लग्दै गरेको न्यून गुणस्तरको स्पेशल र किसान नामको मदिरा वडा नं ७ नन्देगडामा बरामद गरिएको थियो ।

करिब रु २ लाख ५० हजार मुल्य बराबरको मदिरा अवैध रुपमा लग्दै गरिएको थियो । मदिरा नियन्त्रणमा सक्रिय नन्देगडाको श्रृजनशिल महिला सञ्जालको सक्रियतामा मेल्लेख प्रहरी चौकीको टोलीले नियन्त्रणमा लिएको थियो ।

यस अघि गाउँमा मदिरा नियन्त्रणमा निकै सक्रिय रुपमा लागेको सो संजालले मदिरा सेवन तथा बिक्री वितरण तथा ओसारपारमा निगरानी गरिरहेको अध्यक्ष निर्मला खड्काले बताए।

मदिरा विरुद्ध कडाई गरिरहेको गाउँपालिकाले मेल्लेख प्रवेश गर्ने क्षेत्रमा युवा परिचालन गरेर भए पनि अवैध मदिरा कारोबारलाई निरुत्साहित गरिने र नियम विपरित कार्य गर्ने जो कोहीलाई पनी कडा कारबाही गरिने अध्यक्ष लोकबहादुर बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस