२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेह्र प्रतिशतमा हात्तीपाइले रोगको सङ्क्रमण

अ+ अ-

नेपालगञ्ज । बाँके जिल्लामा यही फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदैछ ।

नवौं चरणमा खुवाउन लागिएको सो औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउने भएका छन् । यही फागुन १५ गते हरेक वडामा तोकिएका बुथमा औषधि खुवाइने छ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले बताए ।

अघिल्ला वर्षमा महिला स्वास्थ्य स्वमंसेविकाबाट औषधि खुवाउने गरिएकामा सो अभियानलाई थप प्रभावकारी बनाउन यो वर्ष स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने रणनीति बनाइएको उनले बताए ।

स्वास्थ्य शाखा प्रमुख गौतमका अनुसार बाँकेमा यसवर्ष ५ लाख ८८ हजार २७८लाई औषधि खुवाउन ३६८ स्वास्थ्यकर्मी खटिने जनाइएकोे छ । स्वास्थ्यकर्मीलाई सघाउन ७८९ महिला स्वास्थ्य स्वयम्सेविका खटिने भएका छन् ।

स्वास्थ्य कार्यालयकी दुर्गा गौतमले आठौंचरणसम्म औषधि खुवाउदा अपेक्षित उपलब्धि हासिल नभएका कारण यो पटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउँदा स्थानीयवासी विश्वस्त र आश्वस्त हुने सोचेर नयाँ रणनीति अपनाइएको बताए ।

अघिल्ला अभियानमा औषधि सेवनबारे गलत धारणा, शहरी क्षेत्रमा औषधि सेवन प्रगति न्यून हुनेलगायत चुनौती सामना गर्नुपरेको बताइएको छ ।

बाँकेको कूल ५ लाख ८८ हजार २७८ जनसङ्ख्या रहेकामा करीब १३ प्रतिशतमा हात्तीपाइले रोगको सङ्क्रमण रहेको अनुसन्धानले देखाएको छ ।

‘क्युलेक्स क्याङ्किफेसिएटस’ नामक लामखुट्टेले हात्तीपाइले रोग सार्ने गर्छ । रोग निवारणका लागि ‘डिइसी’ र ‘अलबेण्डाजोल’ नामक औषधि खुवाउँदै आइएको छ ।दीर्घरोगी, गर्भवती तथा सात दिनको सुत्केरी महिला र दुई वर्षमुनिका बालबालिका बाहेक सबैले यो औषधि सेवन गर्न मिल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस