२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेतबाटै आलु बिक्री गर्दै महिला

अ+ अ-

बेझाड । रामपुर नगरपालिका–६ का महिलालाई यतिबेला खेतबाटै आलु बिक्री गर्न भ्याइनभ्याइ छ । समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु खन्ने र खेतबाटै बिक्री गर्ने काममा दिनभर यहाँका महिला व्यस्त छन् ।

नदी किनार आयआर्जन महिला कृषक समूहले यसवर्ष सात रोपनी क्षेत्रफलमा ३ क्वीन्टल आलु लगाएको छ । अहिले आलु खन्ने र बिक्री गर्ने कार्यमा महिला व्यस्त रहेको समूहका अध्यक्ष भगवती देवकोटाले बताए । ‘बिहान घरको काम सकेर छोराछोरीलाई विद्यालय पठाएपछि दिनभर खेतमै दिदीबहिनीसँग आलु खन्ने र बिक्री गर्ने काममा व्यस्त रहन्छौ’, उनले भने ।

अहिले खेतबाटै ३ क्वीन्टल आलु बिक्री भइसकेको छ । करीब ३० क्वीन्टल आलु उत्पादन हुने समूहका सचिव सीता देवकोटाले बताए ।

‘आलुको उत्पादन सोचेभन्दा राम्रो भएको छ, आलु बिक्रीबाट लिएको आम्दानी समूहको कोषमा बचत गर्ने र आवश्यक परेका बेला चलाउछौँ’ सचिव देवकोटाले भने ।

समूहमा खेती गर्दा निकै रमाइलो भएको सदस्य हुमा देवकोटा बताउछिन् । उनले सात रोपनी जग्गा समूहलाई निःशुल्क तरकारी लगाउन उपलब्ध गराएका छन् ।

समूहले खेतबाटै प्रतिकिलो रु २० मा आलु बिक्री गर्दै आएको छ । रातो, कार्डिनल र जनकदेव जातको आलु खरीद गर्ने ग्राहकको दिनभर खेतमा चहलपहल छ । महिला समूहले लगाएको आलुको उत्पादन अवलोकन गर्नेको पनि निकै हुन्छन् । समूहमा २० जना महिला मिलेर सामूहिक आलुखेती गरेका छन् । समूहले अब लहरेबाली तरकारी लगाउने तयारी गरेको छ ।

आलु खेतीका लागि रामपुर नगरपालिका–६ ले बीउ खरीदमा रु २५ हजार रकम सहयोग गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । वडालाई कृषिमा अगाडि बढाउने प्रयत्नका साथ महिला समूहलाई व्यवसायमा हौसला बढाउन विभिन्न कृषिका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस