२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिर्जनको रोबोट प्रदर्शनीको आकर्षण

अ+ अ-

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–४ पाँचखालस्थित गोल्डेन फ्युचर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सिर्जन श्रेष्ठले रोबोट बनाएका छन् ।

सिर्जनले बनाएको रोबोटले अहिले उनकै विद्यालयको तीनदिने शैक्षिक प्रदर्शनी एवं मेलामा आकर्षण बढाएको छ । उनको रोबोटले अङ्गे्रजी भाषामा सोधेको प्रश्नको जवाफ दिनुका साथै हिँड्ने र हात मिलाउने गर्छ । मेलामा अवलोकन गर्न आएका विभिन्न विद्यालयका विद्यार्थीले उनको रोबोट रुचिपूर्वक हेर्ने गर्छन् ।

सिर्जनलाई रोबोट बनाउन उनकै सहपाठी सुजित गिरीले साथ दिएका थिए । उनले रोबोटको नाम ‘गोल्डेन गर्ल’ राखेका छन् । अवलोकनकर्ताले ‘ह्वाट इज योर नेम ?’ भनेर सोध्दा रोबोटले ‘माइ नेम इज गोल्डेन गर्ल’ भन्ने गर्दछ ।

“रोबोट बनाउन एक महीना लाग्यो, स्कुलमा शैक्षिक प्रदर्शनी मेलाको आयोजना गर्ने भनेपछि रोबोट बनाउन शुरु गरेँ”, सिर्जनले भने, “मेरो रोबोट हिँड्न सक्छ, बोल्न सक्छ, हात मिलाउँछ, अङ्ग्रेजीमा सोधेको प्रश्नको जवाफ दिन सक्छ ।” रोबोट बनाउने सामग्रीको जोरजाम भने उनी आफैँले गरेका हुन् ।

सिर्जनले मेलामा आएका विद्यार्थीलाई रोबोटको बनावट, उसले गर्ने क्रियाकलापका विषयमा जानकारी दिन्छन् । साथै उनले रोबोटलाई हिडाउँछन्, हात मिलाउन लगाउँछन् भने मेलामा आएका विद्यार्थीले सोधेको जवाफ रोबोटले दिन्छ ।

स्थानीय दुग्धेश्वर माध्यमिक विद्यालयकी छात्रा समिता दनुवारले आफूलाई प्रदर्शनीमा रोबोट मन परेको बताइन् । उनले भनिन् “मैले अहिलेसम्म प्रत्यक्षरुपमा रोबोट देखेको थिइनँ, यहाँ देख्न पाएँ ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापाले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको बताए । उनका अनुसार प्रदर्शनी अवलोकन गर्न आफ्नो विद्यालयका र पाँचखाल उपत्यकाभित्रका करीब ४३ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी तथा अविभावकलाई निमन्त्रणा गरिएको छ ।

प्रदर्शनीको प्रमुख आकर्षण रोबोट, भौगोलिक बनावटमा ‘पाँचखाल ग्रीन सिटी’ र पानीजहाज तथा ड्रोन रहेका छन् । पच्चीस वटा कक्षमा परम्परागत भाँडावर्तन, वेषभूषा र लोप हुँदै गएका दैनिक प्रयोगमा ल्याइने घरायसी सामग्री प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी मेला मङ्गलबारसम्म चल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस