२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु

अ+ अ-

रुकुम (पूर्व) । रुकुम (पूर्व) को तीनवटै गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ । प्रदेश नं ५ ले ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ स्वीकृत गरी लागू गरेको हो ।

प्रदेश नं ५ का आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका गाउँपालिकाका घरपरिवार वा व्यक्तिको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसर तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरीबी निवारण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले कार्यक्रम स्वीकृत गरी लागू गरेको बताइएको छ ।

यसैअन्तर्गत रुकुम (पूर्व) मा आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका सिस्ने गाउँपालिका, भुमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन भएको कार्यक्रम सहजकर्ता लीलामणि गौतमले जानकारी दिए ।

कार्यक्रम लागू भएको यस जिल्लाका प्रत्येक गाउँपालिकामा प्रदेश ५ सरकारले यसै वर्षका लागि ४६ लाख ९० हजारको दरले बजेट पठाएको छ । उक्त बजेटअन्तर्गत प्रत्येक गाउँपालिकामा पूँजीगततर्फ १२ लाख ८० हजार रहेको छ भने चालूतर्फ ३३ लाख १० हजार रकम रहेको छ ।

कार्यक्रम सहजकर्ता गौतमका अनुसार उक्त बजेटले गरीब, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका घरपरिवार, दलित पिछडिएको समुदाय, घरबारविहीन परिवारको शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिँदै विभिन्न सीपमूलक तालीम सञ्चालन गरी रोजगारका अवसर सिर्जना गरिनेछ ।

एक पालिका एक उत्पादनबाट पहिचान, परम्परागत सीप र कौशल प्रवर्द्धन, राहत, वादी परिवारको पुनःस्थापना र सामाजिक संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

रुकुम (पूर्व) को तीनवटै स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा कार्यक्रम सिफारिश तथा कार्यान्वयन समिति गठन गरिएको छ । समिति गठनपश्चात् आर्थिक तथा सामाजिक सूचकका आधारमा तीनवटै गाउँपालिकाबाट कार्यक्रम छनोटको काम पनि भइसकेको सहजकर्ता गौतमले बताए ।

माघ १७ गते सिस्ने, १८ गते भुमे र १९ गते पुथा उत्तरगङ्गा गाउँपालिकामा योजना छनोटका काम भएका हुन् । यो कार्यक्रम जिल्लाको आवश्यकतामा आधारित रहेको सस्ने गाउँपालिकाका प्रशासकीय अधिकृत विमला रोकाले बताइन ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू भएका गाउँपालिकाबाट छनोट भएका कार्यक्रम जिल्ला समन्वय समितिको सिफारिशमा सञ्चालन गर्ने प्रावधान रहेको छ ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सहजकर्ताको कार्यालय जिल्ला समन्वय समितिमा स्थापना गरिएको छ । कार्यक्रम प्रभावकारिताका लागि तीनवटै गाउँपालिका हेर्ने गरी एक जना अधिकृतस्तरको सहजकर्ता र प्रत्येक गाउँपालिकामा दुई जना सामाजिक परिचालकको व्यवस्था भएको सहजकर्ता गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस