२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताएका छन् ।

‘हाम्रो देशको लागि यती ठुलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठुलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ ‘प्रधानमन्त्री ओलीले भने, ‘जबरजस्त रुपमा कृषिमा काम गरेका मानिसलाई बिस्थापन गर्ने भनेको होइन तर बिकल्प दिएर अन्य काममा यो जनशक्ति उपयोग गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनु पर्ने बताएका छन् । ‘एकै ठाउँमा ठुलो मात्रामा एकै प्रकारकोे बाली लगाउनु पर्दछ जसले गर्दा निर्यात गर्न सजिलो हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रो परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्दछ । यसका लागि कृषि मन्त्रालयको नेतृत्वमा भूमी व्यवस्था मन्त्रालय र सहकारीहरुलाई साथ लिएर अघि बढ्नु पर्दछ ।’

नेपालीहरुको खाद्य आदत परिवर्तन हुँदै गएकोले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘पहिला नेपालीहरुमा सागसब्जी कम्ती खाने बानी थियो । अहिले यसमा परिवर्तन आएको छ । त्यस कारण अहिलेको भन्दा चार गुणा बढी सागसब्जीको उत्पादन गर्नुपर्दछ ‘प्रधानमन्त्री ओलीले भने’ बास्नादार र विदेशबाट आयात गरिएको चामल भन्दा स्वदेश मै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ ।’