ललितपुर महानगरले जडान गर्दै ‘स्मार्ट’ बत्ती « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ललितपुर महानगरले जडान गर्दै ‘स्मार्ट’ बत्ती


१२ फाल्गुन २०७५, आइतबार


ललितपुर । ललितपुर महानगरले स्मार्ट बत्ती जडानको तयारी गरेको छ । महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो ।

चालू आर्थिक वर्षभित्र महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडानकोलागि योजनासहितको ठेक्का सम्झौता भएको छ । कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गल बजार हुादै ग्वार्खो, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्म सडकमा बत्ती जडान गर्न लागिएको हो ।

प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ । अबको एक वर्षभित्रमा महानगरका मुख्य सडक सबैतिर बत्ती जडान भइसक्नेछ । ‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले बताएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले बताए । उनले भने, “यात्रु र सवारी गएपछि बत्ती आफैँ निभ्नेछ ।”

महानगरपालिकाका अधिकांश सडकमा बत्ती नहुँदा सवारीचालक र यात्रु हैरान छन् भने रातका समयमा सडक दुर्घटना भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस