२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको समृद्धिको मुख्य आधार कृषि हो : अध्यक्ष दाहाल

अ+ अ-

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उद्योगको विकासले मात्र समृद्ध नेपालको परिकल्पना साकार हुन सक्ने बताए । भक्तपुरको गट्ठाघरमा सञ्चालनमा आएको भक्तपुर तरकारी होलसेल तथा फलफूल बजारको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले कृषि र कृषिसँग सम्बन्धित औद्योगिकीकरणको विकास अत्यावश्यक रहेको बताए।

उनले भने, “नेपालको समृद्धिको प्रमुख आधार कृषिमा आधुनिकीकरण, व्यावसायिकीकरण र विविधीकरण नै हो, कृषि र यसको उद्योगको विकास भए मात्रै देशको समृद्धिको विकास हुन्छ ।” कृषि उत्पादन वृद्धि गर्न विज्ञान र प्रविधिको उपयोग गर्दै कृषिमा आधारित व्यवसाय सञ्चालन गरी कृषि उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालको जल, जमीन र जडीबुटीको समुचित उपयोग गरी कृषिलाई व्यावसायिक र आधुनिक बनाउन सकिनेतर्फ ध्यान जानुपर्ने बताए ।

कृषकको समग्र समस्याको समाधान राज्यले नै गर्नुपर्नेमा जोड दिँदै उनले नेपालमा प्रशस्त प्राकृतिक स्रोतसाधन भए पनि यसको समुचित प्रयोग हुन नसक्दा देश गरीब भएकाले अब कृषिमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताए । कृषकको समस्या राज्यले नै सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले सरकारले पछिल्लो समयमा ल्याएको कृषकमुखी कार्यक्रम निकै उपलब्धिमूलक भएको बताए ।

कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले कृषिको व्यावसायिकीकरण र बजार व्यवस्थापनका लागि सरकारले कृषकलाई ५० प्रतिशत अनुदान दिएर देशभर पाँच स्थानमा कृषि बजार बनाउने तयारी गरिरहेको बताए । उनले भने, “कृषकको एक करोड र सरकारको एक करोडको अनुदान रकमबाट मुलुकका पाँच स्थानमा कृषि बजार निर्माण गर्ने तयारीअनुरुप सरकारले तीन स्थानमा जमीनको समेत व्यवस्था गरिसकेको छ, पाँच ठाउँमा तरकारी बजार व्यवस्थापन भएपछि कृषकलाई तरकारीको बजार पाउन समस्या छैन ।”

कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का महानिर्देशक टेकबहादुर गुरुङले कृषिलाई आधुनिक र वैज्ञानिक ढङ्गबाट विकास गर्दै कृषि उत्पादन बढाउन नार्कले विभिन्न अनुसन्धनात्मक कार्य गरिरहेको र अर्गानिक खेतीको विकासका लागि योजना बनाइरहेको बताए । त्यस अवसरमा नेकपा नेता उर्मिला अर्याल, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायतले कृषिको विकासका लागि सरकारले विषादीरहित कृषि उत्पादन गर्ने ढङ्गबाट योजना बनाएर कार्य गर्नुपर्नेमा जोड दिए ।

भक्तपुरका व्यवसायी श्यामसुन्दर बस्नेतले भक्तपुरको गठ्ठाघरमा ६ करोड ५० लाखको आठ रोपनी क्षेत्रफलमा शुरु गरेको तरकारी बजारमा १३० सटर र १५० स्टल गरी २८० बटा तरकारी तथा फलफूल पसल सञ्चालनमा आएको जानकारी दिए । उनले अब भक्तपुरको गाउँगाउँमा तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्दै तरकारी उत्पादन, सङ्कलनसहित सुपथ मूल्यमा ताजा तरकारी उपलब्ध गराउने बताउँदै कालीमाटीपछिको दोस्रो ठूलो बजार भएकाले अब बिचौलियाको अन्त्य हुने र कृषकले उचित मूल्य घरआँगनमै पाउने बताए ।

प्रतिक्रिया दिनुहोस