निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन


११ फाल्गुन २०७५, शनिबार


कञ्चनपुर । भीमदत्तनगरपालिका २ का १३ वषीया निर्मला पन्तका बुबा आमाले लामोसमय देखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गरेका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय कत्तचनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले धर्ना कार्यक्रम स्थगित गरेका हुन् । गत कात्तिक २५ गतेदेखि स्थानीय नागरिक संघर्ष समितिको पहलमा उनीहरु जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बसेका थिए ।

छोरीको हत्या भएको सात महिना वितिसक्दा पनि सरकार गम्भीर नदेखिएको बुबा यज्ञराजले गुनासो गरे । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टलाई ज्ञापनपत्र बुझाउँदै पन्तले घटनाको प्रमाण मेटाउने प्रहरी कर्मचारीलाई उन्मुक्ति दिने वातावरण सिर्जना गर्ने गिरोह सक्रिय रहेको बताए ।

प्रमाण मेटाउनेलाई विभागीय कारवाहीबाहेक अरु केही नभएको र अपराधीलाई जोसुकै भएपनि कारवाहीको दायरामा ल्याउनु पर्ने बुबा यज्ञराजले बताए ।

स्वास्थ्य समस्या देखिएकोले धर्ना स्थगित गरिएको र न्यायका लागि दबाब जारी रहने उनले बताएका छन् । धर्ना स्थगित गरी उपचारका लागि काठमाडौं जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस