घलेलाई मानार्थ अध्यक्षबाट तत्काल नहटाउन आदेश « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

घलेलाई मानार्थ अध्यक्षबाट तत्काल नहटाउन आदेश


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । टासी घलेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षबाट तत्काल नहटाउन पाटन उच्च अदालतले आज अखिल नेपाल फुटबल संघ (एन्फा)को नाममा आदेश जारी छ ।

गत महिना एन्फाले घलेलाई मानार्थ अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । लगत्तै घलेले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

दायर मुद्दामा प्रारम्भिक सुनुवाइपछि उनलाई पदबाट तत्काल नहटाउन अन्तरिम आदेश दिएको अदालतका रजिष्टार बाबुराम दाहालले बताए ।

गत माघ ३ गते एन्फाको कार्य समिति बैठकले घलेलाई मनोनित गरेको मानार्थ पद खारेज गर्ने निर्णय गरेको थियो । कार्यसमितिले गत वैशाखमा भएको निर्वाचन लगत्तै उनलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो ।

कर्माछिरिङ शेर्पा प्यानललाई एन्फा निर्वाचनमा सहयोग गरेका घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस