तावी इन्टरनेशनल कन्सल्टेन्सीमा प्रहरीको छापा, सरकारी छाप किर्ते गर्ने २ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तावी इन्टरनेशनल कन्सल्टेन्सीमा प्रहरीको छापा, सरकारी छाप किर्ते गर्ने २ जना पक्राउ


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । प्रहरीले लागुऔषध बिक्री वितरण गर्ने तथा सरकारी छाप कीर्ते गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय सुजन मगर र उनका भाइ २७ वर्षीय सुरेश रहेका छन् । पक्राउ परेकामध्ये सुजनले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ स्थित रुद्रप्रसाद दुलालको घरमा डेरा लिई बसेका थिए ।

सुजनको कोठाबाट लागुऔषध फेनरागन १६ थान, नर्फिन ११ थान र डाइजेल्याप १४ थान, विभिन्न कम्पनीका मोबाइल १८ थान, ल्यापटप र क्यामेरा एक/एक थान तथा विभिन्न कार्यालय तथा संघसंस्थाका छाप १८९ थान बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

उक्त छाप सुजनका भाइ सुरेशले बनाएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ ।

निज सुरेशले काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीस्थित ‘तावी इन्टरनेशनल कन्सल्टेन्सी’ मा छापा मारी प्रहरीले विभिन्न संघ संस्थाका ‘लेटरप्याड’, प्रमाणित गरिएका विभिन्न प्रदेश, नगर तथा गाउँपालिका, वडा कार्यालयलगायत विभिन्न विद्यालयका लेटरप्याडमा विभिन्न व्यक्तिका विवरण भरी कार्यालयको छाप र दस्तखत गरी प्रमाणित गरिएका दस्तावेज बरामद गरेको छ ।

त्यस्तै केही नलेखिएका खाली ‘लेटरप्याड’समेत फेला परेको उनले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस