राष्ट्रपति र बेलायती रक्षा राज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति र बेलायती रक्षा राज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङ्केष्टरले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा नेपाल तथा बेलायत सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस