राष्ट्रपतिद्वारा राष्ट्रिय चिकित्सा शिक्षासहित तीन विधेयक प्रमाणीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा राष्ट्रिय चिकित्सा शिक्षासहित तीन विधेयक प्रमाणीकरण


प्रशासन संवाददाता

१० फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस