नेपाल पर्यटन बोर्डमा दुई सदस्य नियुक्त « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेपाल पर्यटन बोर्डमा दुई सदस्य नियुक्त


८ फाल्गुन २०७५, बुधबार


काठमाडौं । नेपाल पर्यटन बोर्डमा दुई सदस्य नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले पर्यटन व्यवसायी पम्फा धमला र विप्लव पौडेललाई बोर्डको कार्यकारी सदस्यमा नियुक्त गरेका हुन् ।

विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध धमला लाङटाङ री ट्रेक एक्सिपिडिसन कम्पनीको व्यवस्थापन निर्देशक हुन् । उनले पर्यटन क्षेत्रका विभिन्न संस्थामा आबद्ध भई काम गरेका छन् ।

त्यस्तै व्यवसायी पौडेल होटल बाराही, बाराही जङ्गल लज, सरानकोट माउन्टेन रिसोर्टको कार्यकारी निर्देशक र पोखरा अल्ट्रालाइटको अध्यक्षसमेत हुन् । पौडेलले पनि विभिन्न संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस