१० वर्षीया बालिका करणी गर्न खोज्ने भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

१० वर्षीया बालिका करणी गर्न खोज्ने भारतीय नागरिक पक्राउ


प्रशासन संवाददाता

६ फाल्गुन २०७५, सोमबार


जनकपुरधाम । धनुषामा एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ।

आइतबार साँझ जनकपुर १२ कुवारामपुरबाट क्याम्पस चौक जाने बाटो नजिक एक चौरबाट अन्दाजी १० वर्षीया बालिकालाई प्रलोभन देखाएर सुनसान स्थानमा बलात्कार गर्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ गरेका थिए।

स्थानीयले ती व्यक्तिलाइ नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। पक्राउ पर्नेमा हाल जनकपुर(४ मालपोत कार्यालयनजिकै डेरा लिई बस्दै आएका भारत, बिहारका बेतिया जिल्ला जमुनिया निवासी सञ्जय ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जनकपुरमा राजमिस्त्रीको काम गर्दै आएका भारतीय नागरिक ठाकुरले आफूसँगै लेबरमा काम गर्दै आएकी जनकपुर(१२ रामपुर निवासी एक महिलाकी छोरीलाई घरबाट लगेर अभद्र व्यहार गरेको आरोपमा पक्राउ गरिएको हो।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस