नेविसंघ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेविसंघ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग


प्रशासन संवाददाता

६ फाल्गुन २०७५, सोमबार


काठमाडौं । नेपाल विद्यार्थी संघले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ ।

विगठित नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गरेका हुन् ।

‘विधानलाई बाहिर राखेर तदर्थ समिति निर्माण भए आफूहरुलाई स्वीकार्य हुँदैन,’–उनले भने । तदर्थ समितिले छ महीनाभित्रै महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यसमिति निर्वाचन गर्न सक्षम हुँदाहुँदै पनि पार्टीले विघटन गरेको आरोप उपाध्यक्ष रहेका रामप्रसाद अधिकारीको थियो ।

विस २०७३ भदौ ४ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दुई वर्ष ५ महीना काम गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस