२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिएनएन हिरो’ म्यागीको पहलमा प्रविधियुक्त विद्यालय

अ+ अ-

सुर्खेत । ‘सिएनएन हिरो–२०१५’ बाट सम्मानित अमेरिकी नागरिक म्यागी डोयनको पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ ।

कोपिला भ्याली समाजद्वारा सञ्चालित विद्यालयको नवर्निमित भवनको आइतबार कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरे । म्यागीकै नेतृत्वमा १० वर्षअघि कोपिला भ्याली समाज स्थापना भएको हो । जसले अनाथ, गरीब बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै असहाय महिलाका लागि सीप विकासको क्षेत्रमा काम गर्दै आएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१ धारापानीस्थित आफ्नै जग्गामा निर्माण गरिएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयका साथै कोपिला भ्याली बालगृह र महिला केन्द्र पनि सञ्चालन हुनेछन् । आफ्नै भवन नहुँदा हालसम्म विद्यालय भाडामा सञ्चालित थियो ।

तीन वर्षअघि निर्माण शुरु गरिएको उक्त भवन रु १२ करोड लागतमा पूरा भएको हो । कोपिला भ्याली समाजकी संस्थापक ३२ वर्षीय म्यागी डोयनले ग्रामीण भेगका अनाथ र असहायको सेवाका लागि आफूले अमेरिका छाडेको बताए। कोपिला भ्यालीले हाल सुर्खेतसहित अन्य जिल्लाका ४५० बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।

पश्चिम नेपालमा गरेको समाजसेवाको कदरस्वरुप म्यागीलाई अमेरिकाको केबल न्यूज नेटवर्क (सिएनएन) ले ‘हिरो अफ दि इअर–२०१५’ को उपाधिसहित एक लाख १० हजार डलर पुरस्कारबाट सम्मान गरेको थियो । विद्यालयका अर्का संस्थापक टोपबहादुर मल्लले अत्याधुनिक प्रविधिको विद्यालय भवन निर्माणमा ब्लांकनाउ फाउन्डेसन र फार्मर नामक संस्थाले सहयोग गरेको जानकारी दिए ।

विद्यालयमा जडित सौर्य ऊर्जाबाट दैनिक १५० किलोवाटको विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् उज्यालोका साथै खाना पकाउने, पानी सञ्चय तथा प्रशोधन गर्ने काममा समेत उपयोग गरिनेछ । सौर्य प्रणालीबाटै खाना पकाउने सोलार कुकर स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस