राजश्व छलेर ल्याएको कपडासहित दुई पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजश्व छलेर ल्याएको कपडासहित दुई पक्राउ


५ फाल्गुन २०७५, आइतबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको कपडासहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको टाटा सुमोमा भन्सार छलेर ल्याएको कपडासहित सिन्धुलीका २२ वर्षीय सञ्जीव कार्की र बाराका २८ वर्षीय जैनुदिन अन्सारीलाई शनिबार राति पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता होवीन्द्र बोगटीले ना १ ज ५८८४ नंको सुमो बसमा भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दक्षिणकाली चाल्नाखेलबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकासँग ७९ पिस साडी र १३ थान लेहङ्गा बरामदसमेत गरेको छ । उक्त सामानको मूल्य ९० हजार बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ ।
घुस दिन खोज्ने दुई चालक पक्राउ

सवारी चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने दुई टिपर चालक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले बल्खुमा चेकजाँचका क्रममा कागजपत्र नभएपछि प्रहरीलाई घुस दिन खोज्ने बा २ ख ६७७१ नंका चालक २३ वर्षीय ओमबहादुर कार्की र बा ३ ख ६५६८ नम्बर टिपरका चालक २४ वर्षीय लक्ष्य पन्तलाई पक्राउ गरेको हो ।

शनिबार राति चेकजाँचका क्रममा कागजपत्र नभेटिएपछि मिलाइदिन भन्दै उनीहरुले प्रहरीलाई रु ५०० का दरले प्रहरीलाई घुस दिएको वृत्तले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस