सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको छ : प्रम ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको छ : प्रम ओली


५ फाल्गुन २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा विकासको गतिशिलता र लगानीको अवसर उपयुक्त भएको भन्दै यसका लागि सरकारले सुशासनको वातावरण बनाउने बतएका छन् ।

सरकार विकास दुरदुष्टीमा कुनै दोधारोमा छैन । हामी नतिजामुखी विकासको काममा प्रतिवद्ध छौं ‘प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न समेत आह्वान गरेका छन् । ‘तपाईंहरुको लगानीको सुरक्षा सरकारले गर्छ ।

लगानीबाट तपाईंहरुले नाफा आजर्न गर्न पनि सक्नुहुन्छ ‘ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि उर्वर भूमी भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले वैदेशिक लगानीले नेपालको आर्थिक वृद्धिद्धर वृद्धि हुने मात्र नभइ नेपालाई विश्वसँग जोडिने अवसर पनि हुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस