२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ महीनादेखि प्राध्यापकले तलब पाएनन्

अ+ अ-

रोल्पा । रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र चार कर्मचारीले गत भदौदेखि तलब पाएका छैनन् ।

छ महीना बित्दासम्म तलब नपाएका उनीहरुले दैनिक जीवनयापनमा समस्या हुँदै गएको गुनासो गर्न थालेका छन् । तलब नपाउँदा दैनिकी समस्याग्रस्त हुँदै जान थालेको छ सहप्राध्यापक दीपेन्द्र शाहीले बताए। “घरभाडा, रासनपानी तथा अन्य दैनिकी उधारोमा चलाएका छु”, शाहीले भने, “बिरामी पर्दा र चाडपर्वको बेला पैसाको बढी जरुरी पर्छ ।”

“खानपिन, छोराछोरी पढाउन र अन्य दैनिक जीवनयापनका लागि समस्या हुँदै आएको छ”, अर्का सहप्राध्यापक श्याम बुढाले भने । समायोजन प्रक्रिया लम्बिँदा आफूहरुको दैनिकी चलाउन समस्या परेको उनले बताए । अन्य साइड पेशा नभएकालाई थप समस्या हुने गरेको छ, बुढाले भने ।

क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिकमा समायोजन भएकाले शिक्षक कर्मचारीलाई तलब भुक्तानीमा कठिनाइ भएको क्याम्पस प्रमुख विष्णुप्रसाद आचार्यले बताए । “समायोजन प्रक्रिया चलिरहेकाले तलब निकासा भएको छैन”, आचार्यले भने, “समायोजन प्रक्रिया टुङ्गिने बित्तिकै शिक्षक कर्मचारीको तलब भुक्तानी हुन्छ ।”

तीन सय बढी विद्यार्थी रहेको सो क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुँदा विद्यार्थी शुल्कको भरमा चलेको थियो । क्याम्पस अनुदान आयोगले दिने वार्षिक रु पाँच÷छ लाख मात्रै उपलब्ध गराउने गरेको क्याम्पसले जनाएको छ । विद्यार्थीबाट वार्षिक रु ५० लाख शुल्क उठ्दै आएको छ ।

क्याम्पसमा १५ सहप्राध्यापक, एक शिक्षण सहायक, एक लेखापाल, एक लाइवेरियन र दुई कार्यालय सहायक कार्यरत छन । विसं २०६१ मा स्थापना भएको सो क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा शास्त्रमा स्नातकतहसम्मको पठनपाठन हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस