काश्मिरमा आक्रमण ३७ को मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काश्मिरमा आक्रमण ३७ को मृत्यु


प्रशासन संवाददाता

३ फाल्गुन २०७५, शुक्रबार


नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ३७ जना सैनिकको मृत्यु भएको छ । भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो ।

श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ । करिब २५ सय अर्धसैनिकहरु लिएर गइरेहको ७८ ओटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो ।

यद्यपी भारतीय समाचार संस्था पीटीआईले उक्त आक्रमणमा परी कम्तीमा ३९ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ । तर अन्य प्रेसले यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या ४० पुगेको जानकारी दिएको छ ।

मारिएका केही व्यक्तिहरुको शवको परिचय पनि खुल्न नसकेको हुनाले यसको लागि केही समय लाग्ने पिटिआईले जानकारी दिएको छ । आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भए पनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई वर्षमा भएको सबैभन्दा ठूलो आक्रमण हो । भारतको काश्मिरमा करिबपाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण प्राय अशान्त रहँदै आएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस