अवैध लागूऔषध सहित दुई जना पक्राउ  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अवैध लागूऔषध सहित दुई जना पक्राउ 


२ फाल्गुन २०७५, बिहिबार


घुससहित रंगेहात पक्राउ

धादिङ । गजुरी गाउँपालिका-५ देउरालीबाट बेनिघाट रोराङ गाउँपालिका-१ सुन्दरीनागी बस्ने ३५ वर्षीय बिकास तामाङ र सोही ठाउँ बस्ने २१ वर्षीय मनिष लामालाई अवैध लागूऔषध चरेश करिब ९ केजी सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.२५ प ५२९३ नम्बरको मोटरसाइकल जाँच गर्दा कालो झोलामा प्लाष्टिकले बेरेको अवस्थामा उक्त लागूऔषध फेला पारी उक्त मोटरसाइकल सहित चालक मनिष र मोटरसाइकलमा सवार बिकासलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस