पौने तीन करोड ठगी आरोपमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पक्राउ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

पौने तीन करोड ठगी आरोपमा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पक्राउ


२ फाल्गुन २०७५, बिहिबार


पक्राउ

काठमाडौं । पृथ्वीनारायण क्याम्पस पोखराका एक सहप्राध्यापक पौने तीन करोड ठगी आरोपमा पक्राउ परेका छन् । सहप्राध्यापक डा.गोपाल शिवाकोटी (चिन्तन) दुई करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सहप्राध्यापक शिवाकोटीलगायतका व्यक्तिले कानुन विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको पाइए पछि मंगलबार कीर्तिपुरबाट पक्राउ गरेको हो।

शिवाकोटीसँगै नुवाकोटका बद्रिकुमार थापा पनि पक्राउ परेका छन्। उनलाई बाँनियाटारबाट पक्राउ गरिएको हो।

उनीहरु मिलेर ६० जना भन्दा बढी व्यक्तिलाई ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जनाएका छन् । शिवाकोटीको समूहले ‘मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

शिवाकोटीले नेपाल ल क्याम्पसमा समेत प्राध्यापन गराएका थिए। उनले कानुनमै अमेरिकाबाट पिएचडी समेत गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस