दिदीबहिनी भलिबलको उपाधि एपिएफलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दिदीबहिनी भलिबलको उपाधि एपिएफलाई


२ फाल्गुन २०७५, बिहिबार


पर्वत । तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

लिग कम नकआउटका आधारमा बुधबार सम्पन्न फाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–० सेटले पराजित गरेको हो । एफिएफले २५–१८, २६–२४ र २५–२१ अङ्कले हराएको हो ।

एपिएफले दुई लाख तथा उपविजेता न्यू डायमण्ड एकेडेमीले एक लाख पुरस्कार पाएको छ । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रतियोगितामा तेस्रो भयो । पुलिसले आर्मीलाई २५–१८, ३१–२९ र २५–१६ अङ्कले हराएको हो ।

रेडियो दिदीबहिनीले आयोजना गरेको ११औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवका अवसरमा सो भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस