२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैलुङमा होटल बनाउनेलाई गाउँपालिकाले अनुदान दिने

अ+ अ-

जिरी । दोलखाको सैलुङ गाउँपालिकाले सैलुङमा पर्यटकलाई आकर्षित गर्न होटल बनाउनेलाई अनुदान दिने भएको छ ।

गाउँपालिकाको निर्णयबाटै शुरुका १० वटासम्म होटल वा होमस्टे (घरबास) निर्माणका लागि अनुदान दिने घोषणा गरेको हो । महाभारतको सबभन्दा अग्लो स्थान मानिएको सैलुङमा पर्यटकको गन्तव्यस्थल बनाउन गाउँपालिकाले साविक सैलुङ्गेश्वर गाविसको कालापानीमा डोजर लगाएर घरेडीसमेत निर्माण गरेको छ ।

सैलुङ घुम्न आउनेका लागि खान बस्नकै समस्या नहोस् भन्ने उद्देश्यले सैलुङ डाँडाको आसपास ढुङ्गे वा कालापानी क्षेत्रमा कम्तीमा १० जना बस्न सक्ने होटल वा होमस्टे निर्माणका लागि रु एक लाखका दरले अनुदान दिने निर्णय भएको अध्यक्ष भरत दुलालले जानकारी दिए। गाउँपालिकाले चालू आर्थिक वर्षका लागि होटलमा अनुदानका लागि रु १० लाख विनियोजन गरेको छ ।

सो स्थानलाई ‘विशेष पर्यटकीय क्षेत्र घोषणा’ गरेर गाउँपालिकाले भौतिक निर्माण कार्य अहिले पनि गरिराखेको गाउँपालिका प्रमुख दुलालले बताए । उनका अनुसार सैलुङ विकासकै लागि स्थानीय सरकार सञ्चालन ऐनबमोजिम विशेष पर्यटन क्षेत्र कार्ययोजना बनिसकेको छ । सैलुङको प्रवेश द्वारकैरुपमा रहेको कालापानीमा गाउँपालिकाको १० रोपनी जग्गा छ । त्यहाँ पर्यटकलाई बास बस्ने र सैलुङको यात्रा गराउनका लागि यो व्यवस्था गर्न लागिएको हो ।

रिसोर्ट तथा होटल सञ्चालन गर्न इच्छुकलाई छिटै टेन्डर आह्वान गर्दैछौँ । प्रमुख दुलालले भने, ‘जग्गा बढाबढमा उपलब्ध गराइनेछ । पालिकाका तर्फबाट पानी, बत्तीसमेत सुविधा हुन्छ ।

सुरक्षाका लागि प्रहरी चौकीको व्यवस्था छिटै हुँदैछ । जनकपुरतिरबाट आउनेलाई नयाँ पुल चर्नावतीबाट र काठमाडौँबाट आउनेलाई मुढे–बाघखोर–कालापानी २० किलोमिटरको सात मिटर चौडाइको सडक बनिसकेको छ । कालोपत्र गर्ने सोच पनि बनिसकेको छ । सैलुङकै नामबाट सैलुङ गाउँपालिका बनेको छ । यो सैलुङको रमाइलो ठाउँ र चौँरी हेर्नका लागि काठमाडौँदेखि झन्नै १४० किलोमिटर पूर्व दोलखामा पर्छ ।

नेवार र तामाङ संस्कृति, रमणीय दृश्य, विभिन्न जङ्गली जडीबुटी र वनस्पति, चौँरीको दूधबाट बन्ने विभिन्न परिकार पाइने यो स्थान दोलखाको सदरमुकाम चरिकोटबाट झण्डै ५० किमी दक्षिणतर्फ रहेको छ । सयभन्दा बढी स–साना डाँडा भएकाले नै यसलाई सैलुङ भनिएको हो । समुद्री सतहबाट लगभग तीन हजार ४०० मिटर उचाइमा यो स्थान रहेको छ

प्रतिक्रिया दिनुहोस