३० प्रतिशतले बढ्यो रेमिट्यान्स « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

३० प्रतिशतले बढ्यो रेमिट्यान्स


प्रशासन संवाददाता

१ फाल्गुन २०७५, बुधबार


बैंक

काठमाडौं ।  चालु आवको पहिलो ६ महिनामा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भएको छ।

६ महिनाको अवधिमा नेपालले रेमिट्यान्स मार्फत ४ अर्ब ४३ अर्ब ३६ करोड आम्दानी गरेको नेपाल राष्ट्र बैंक बुधबार सार्वजनिक गरेको तथ्यांकमा विप्रेषण बढेको उल्लेख छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर आय २८.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ५ अर्ब ४३ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.८ प्रतिशतले घटेको थियो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस