२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन

अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा आज विभिन्न सरोकारवाला निकायसँगको छलफलमा उनले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिए ।

उनका अनुसार मन्त्री पोखरेलले एसइईको प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीको जानकारीसमेत लिएका थिए । परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने भन्दै मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विशेष ध्यान दिनुपर्ने बताए ।

बैठकमा प्रश्नपत्र छपाइ कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको थियो । मन्त्रालयका सचिव खगराज बरालले यस वर्ष कूल एक हजार ९६१ वटा परीक्षा केन्द्र कायम गरिएको जानकारी गराए ।

उनले यस वर्ष प्रदेशगतरुपमा अनिवार्य छ विषयको समानान्तर समूहबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए । उनका अनुसार उत्तरपुस्तिका परीक्षणका लागि करीब ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने गरिएको छ । यस वर्षको एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस