उपप्रधानमन्त्री पोखरेलद्वारा दीक्षान्त कवाज निरीक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपप्रधानमन्त्री पोखरेलद्वारा दीक्षान्त कवाज निरीक्षण


२९ माघ २०७५, मंगलबार


काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नवलपरासी जिल्लाको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल, मध्य तालीम शिक्षालयमा सञ्चालित चौथो चरणको सिनियर डिभिजन तालीमको दीक्षान्त कवाज आज निरीक्षण गरे ।

राष्ट्रिय सेवा दलका सहसंरक्षकसमेत रहेएका रक्षामन्त्री पोखरेलले समारोहमा प्रशिक्षार्थीलाई दज्र्यानी चिह्न प्रदानका साथै शिल्ड तथा पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा रक्षामन्त्री पोखरेलले प्रशिक्षार्थीबाट हुने प्रेरणादायी जानकारी तथा विभिन्न प्रदर्शनीको अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. १४ सिनियर डिभिजन र सि.सं. ४५ जुनियर डिभिजन तालीममा सहभागी क्याडेट छात्रछात्राको वार्षिक सामूहिक क्याम्पमध्येको उक्त क्याप एक हो ।

अनुशासित, मर्यादित, संस्कारयुक्त नागरिक, सामाजिक दायित्व, राज्यका संस्थाप्रति सम्मान, मुलुक र राष्ट्रियताप्रति समर्पित, नेतृत्व र व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिको समयमा स्वयम्सेवकका रुपमा भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले विद्यालयका छात्र छात्रालाई सहभागी गराई तालीम प्रदान गर्दै आएको छ । यो तालीम २०२२ सालबाट सञ्चालन हुँदै आएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस