२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो छ : दीक्षित

अ+ अ-

काठमाडौं । साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितले नेपाली साहित्यको इतिहास वेदभन्दा पनि पुरानो रहेको बताएका छन् ।
आफूलाई सम्मान गर्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले आयोजना गरेको कार्यक्रममा दीक्षितले ‘रामायण’ र ‘महाभारत’ रचना हुनुुपूर्व नै शिवपार्वतीको इतिहास नेपालमा पाइने आफ्नो अनुमान रहेको बताए ।

‘मेरो अनुमानलाई आधारित बनाएर खोज अनुसन्धान गर्ने हो भने नेपाली साहित्यको इतिहास झनै उच्च बन्न सक्छ’, माड्साबले भने । संस्कृत भाषाले मात्र नेपाली भाषाको प्रतिनिधित्व गर्न सक्ने ‘अक्षरमणि’ दीक्षितले बताए । ‘नेपाली कला र संस्कृतिको इतिहास पश्चिमा संस्कृतिको भन्दा पनि उच्च छ’, उनले जिकिर गरे ।

नेपाली साहित्यमा पश्चिम साहित्यको प्रभाव रहेकामा ९७ वर्षीय दीक्षितले असन्तोष व्यक्त गर्दै नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा लेखक तथा कलाकार हरिवंश आचार्यले दीक्षितलाई सम्पूर्ण संसार र राष्ट्रले नै सम्मान गर्दै आएको बताए । ‘हामीले उनीलाई सम्मान गरेका हैनौंँ, हामी आफैंँ सम्मानित भएका हौंँ’, उनले थपे, ‘दीक्षितले उठाएजस्तो गहन विषय हाम्रा लागि सम्भव छैन ।’अर्का कलाकार मदनकृष्ण श्रेष्ठले व्यक्तिको उमेरभन्दा पनि सक्रियता बढी महत्वपूर्ण रहने बताए ।

‘उनीलाई सम्मान गर्न पाउनु आफैंँमा एउटा सौभाग्य हो’, उनले भने । पूर्वमन्त्री महेश आचार्यले दीक्षितले आफ्ना साहित्यमा उच्चतम मानवीय गुणको चर्चा गरेको बताए । समालोचक लक्ष्मणप्रसाद गौतमले पूर्वीय वाङ्मयका विषयमा लेख्ने पहिलो लेखक दीक्षित रहेको जानकारी दिए ।

‘उनले व्यापक परिधिलाई लिएर साहित्यको रचना गरेका छन्’, उनले भने । विभिन्न नेपाली साहित्यकारलाई सम्मान गर्दै आएको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोले यस पटक दीक्षितको साहित्यिक योगदानको कदर गर्दै सम्मान गरेको संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले बताए ।

‘उनीलाई सम्मान गर्न नै हाम्रो टोली आज मात्र नेपाल आइपुगेको हो’, उनले जानकारी दिए । एउटा कोठाभित्र कविता मात्र वाचन गर्दै आएको शाखाले आफ्नो कार्यकालमा साहित्यकारलाई सम्मान गर्दै आएको उनले बताए । समाजले आफ्नो दुई वर्षको प्रगति विवरण समेटी स्मारिका पनि प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस