३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण

अ+ अ-

काठमाडौं । सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकासमा आवश्यक नीति, नियम निर्माणलगायत विषयमा सहयोग गर्ने स्थानीय तहमा सहकारीको गतिविधिलाई सक्रिय बनाउने नीति अवलम्बन गरेको छ ।

देशभर हाल ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था छन् । समाजमा छरिएर रहेको स–साना रकमलाई एकीकृत तथा बचत गर्न लगाई पूँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी गर्ने कार्यमा सहकारी क्षेत्रले योगदान गरेको छ । सहकारी क्षेत्रको विकासका लाीग मन्त्रालयले विभिन्न तालीम, प्रशिक्षण तथा सूचना उपलब्ध गराउँदै आएको छ ।

सहकारी संस्था सञ्चालन, नियमन एवं प्रवर्द्धनका लागि नमूना कानून, दिग्दर्शन निर्माण गरिएको स्थानीय तह र प्रादेशिक सरकारलाई अभिमुखीकरण एवं क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको सचिव गोपिनाथ मैनालीले जानकारी दिए ।

मुलुकको विकास र समृद्धिका लागि सरकारी, निजी र सहकारी क्षेत्र गरी तीन खम्बे अर्थनीतिलाई आधार बनाउन खोजिएको छ । हिमाल, पहाड, तराईका विकट भू–भाग, ग्रामीण तथा सहरी क्षेत्रमा उत्पादनकर्ता कृषक तथा उपभोक्तालाई लक्षित गरी धेरै सहकारी स्थापना भएको पाइन्छ ।

विसं २०१३ देखि सहकारी क्षेत्रले आर्थिक विकासका लागि कार्य गदैं आएको छ । यस क्षेत्रले उन्नतजातका स्तरीय बिउबिजन, रासयनिक मलखाद, किटनासक औषधीहरू, कृषि औजारहरू सहुलियतपूर्ण ब्याजदरमा अनुदान स्थानीय तहमा उपलब्ध गराइने छ । सहकारी क्षेत्रको माध्यमबाट देशभर निस्कृय पूँजीलाई बचत गरी वित्तीय पहुँच नपुगेकालाई विभिन्न वस्तु उत्पादनमा सहयोग तथा सेवा प्रदान भइरहेको मन्त्रालयले जनाएको छ ।

सहकारी बजार विस्तारमार्फत गरिबी निवारण कार्यक्रमसमेत मन्त्रालयले सञ्चालन गरेको छ । सरकारले राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) सँगको सहकार्यमा सहकारी बजार विकास कार्यक्रम (सीएमडिपी) सञ्चालनमा ल्याएको छ ।

यसबाट काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका छ जिल्लाका १८ गाउँ पालिकाका ७२ उत्पादन क्षेत्रलाई सहकारीमार्फत आबद्ध गरेको छ । त्यसबाट १४ हजार ४०० कृषक परिवारलाई काठमाडौँको बजारसँग प्रत्यक्ष सम्बन्ध स्थापना गरिएको छ । जसबाट आगामी दिनमा उपभोक्ता र उत्पादक दुवै पक्ष प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यस क्षेत्रले देशभर रु दुई खरब भन्दा बढी निक्षेप सङ्कलन गरेको छ । समूहको वित्तीय सुरक्षा दिने तथा उनीहरुलाई लगानीको वातावरणको प्रबन्ध गर्ने उद्देश्यले सहकारी दर्ता हुने गरेको पाइन्छ । विश्वमा सहकारीको अवधारणा सन् १८४४ मा बेलायतबाट शुरु भएको इतिहास छ । सन् १८९५ सम्ममा सहकारीको यो अवधारणा विश्वका १४ मुलुकमा विस्तार भएको थियो ।

प्रतिक्रिया दिनुहोस