२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मरुभूमिका देश पनि धनी भइसके हामी किन गरिब छौँ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको बताए ।

उनले भने, “भ्रष्टाचार नियन्त्रण गर्न सरकार, आयोग र अन्य निकाय दृढ छन्, अब भ्रष्टाचारी लुक्न र भ्रष्टाचार लुकाउन सम्भव छैन, भ्रष्टलाई घरमा श्रीमती, श्रीमान् र छोरा छोरीले घृणा गर्दछन् । भ्रष्टाचार सबैको सत्रु हो । भ्रष्टाचारलाई निमिट्यान्न पार्नु अहिलेको आवश्यकता हो ।”

सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण र निर्मूल हुनु आवश्यक रहेको बताउँँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार स्वयं भ्रष्टाचारको सत्रु भएको टिप्पणी गरे । भ्रष्टाचार ढाकछोप गर्ने संस्कार बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारका कारण आदर्श र सदाचारयुक्त समाज केही प्रदूषित भए पनि स्वच्छता कायम गर्दै अघि बढ्नुपर्ने बताए ।

भ्रष्टाचार नियन्त्रण हुन नसके लोकतन्त्र नै सङ्कटमा पर्नेतर्फ सरोकारवाला सबैलाई सचेत गराउँदै उनले जनताको प्रणालीलाई प्रभावकारी बनाउन र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए। उनले भने, “आयोगको सफलता सरकार र सिङ्गो नेपालको विकास प्रक्रिया तथा लोकतन्त्रको सफलता हो ।”

अब नेपाल गरीब भइरहन नसक्ने दोहो¥याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मरुभूमिका देश पनि धनी भइसके, जनसङ्ख्या बुढाबूढी भएको मुलुक पनि धनी नै छन्, हाम्रो ६० प्रतिशत जनसङ्ख्या क्रियाशील छ तर पनि गरीब छौँ, प्राकृतिकरुपमा निकै सम्पन्न भए पनि गरीब छौँ किन ? यो विषय अब नेपाललाई स्वीकार्य छैन् ।”

निश्चित समयसीमा तोकरै नेपाललाई विकासको चरणमा लैजाने बताउँदै प्रधानमन्त्री ओलीले पाँच वा दश वर्षभन्दा पछि नेपाल गरीब रहँदैन भन्दै उनले भने ‘नेपाल गरीब छ, नेपाल पछाडि छ, नेपाल कमजोर छ भन्ने स्वीकार्य हुँदैन, नेपाल आकारमा मझौला भए पनि हैसियतमा निकै अगाडि छ ।’

नेपाल विद्वान र तिनका सन्तान भएको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उर्बरतायुक्त, ऋषिमुनीदेखिका ज्ञानगुनले भरिपूर्ण सदाचारयुक्त देश भएको सन्दर्भमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाल ठाडो शिरका साथ उभिने बताए । उनले भने, “अब हामीले हात फैलाउने होइन, सहयोग गर्ने बिन्दुमा पुग्नुपर्छ । दान लिने होइन दान दिने ठाउँमा पुग्नुपर्छ । यसका लागि भ्रष्टाचार अन्त्य हुनु जरुरी छ ।”

प्रधानमन्त्रीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त रहन र मुक्त राख्नका लागि सम्बन्धित निकायकालाई सहयोग गर्न तथा आयोगलाई भ्रष्टाचार नियन्त्रण र निवारणमा हातेमालो गर्न आह्वान गरे । सो अवसरमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न नवीन सुधार र समन्वय तथा प्रक्रियागत सुधार शुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस