१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्लाका सबै वडामा हेलिप्याड बनाइने

अ+ अ-

गलकोट । बागलुङ जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा जिल्लाको सबै स्थानीय तहका वडामा हेलिप्याड बनाइने भएको छ ।

तत्कालका लागि उद्धार गर्न मिल्ने जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा हेलिप्याड निर्माण गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्ने निर्णय गरिएको उक्त समितिले जनाएको छ ।

प्रत्येक स्थानीय तहमा रात्रिकालीन हेलिप्याड र प्रत्येक वडामा हेलिप्याड निर्माणका लागि स्थानीय तह सहमत भई आवश्यक जग्गा उपलब्ध गराउन पनि पहल भइरहेको बताइएको छ । कुनै पनि प्रकारका घटना सुत्केरी र आगलागीका बेला तत्काल उद्धार तथा राहतका लागि हेलिकोप्टर अतिआवश्यक भएकाले स्थानीय तहलाई हेलिप्याड निर्माण गर्न आग्रह गरिएकामा सहमति आइसकेको समितिका अध्यक्ष वेदप्रसाद खरेलले बताए ।

सरकारले सुत्केरीको उद्धारका लागि निःशुल्क हेलिकोप्टर सेवा उपलब्ध गराउने योजना ल्याएका कारण वडावडामा हेलिप्याड निर्माण गर्न थालिएको उनले जानकारी दिए । कुनै पनि घटनाका बेला हेलिकोप्टरबाट उद्धार गर्न अतिसहज हुने भएकाले प्रत्येक वडामा हेलिप्याड निर्माण गर्न थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘स्थानीय सरकार आइसकेपछि जनतालाई कसरी सेवासुविधा दिने भन्नेमा केन्द्रित छौँ’, उनले भने, ‘जनताको जिउधनको सुरक्षा गर्ने हाम्रो दायित्व हो ।’

दुर्गम क्षेत्रमा तत्कालै उद्धार गर्ने महत्वपूर्ण साधनको रूपमा रहेको हेलिकोप्टर अवतरणका लागि हेलिप्याड निर्माण गर्न लागिएको तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताए ।

बागलुङ जिल्लामा गत साउनदेखि पुस मसान्तसम्म दैवीप्रकोपको घटनामा पाँच जनाको ज्यान जानका साथै ठूलो परिणममा धनमाल पनि नष्ट भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताए ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ८५ वडा छन् । हेलिप्याडका लागि आवश्यक प्राविधिक सहयोग नेपाली सेनाबाट लिइने र यसमा सकेसम्म सरकारी जग्गा नभए स्थानीयवासीको समन्वय र व्यवस्थापनमा प्राप्त जमीन उपयोगमा ल्याइने स्थानीय तहले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस