गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

२६ माघ २०७५, शनिबार


गजल

घरीघरी नपठाऊ न यादका ती खातहरू
छटपटीमै बित्छन् फेरि, शुन्यशुन्य रातहरू

मनको बाँध फुटी फेरि छताछुल्ल होला गह
आशु पुच्छ्न हुन्नन् साथ तिम्रा कोमल हातहरु

क्षितिजमै चियाउँला,पवन सङ्गै साउती मारी
सन्देश भरी पठाउला,साथ हुँदाका बातहरू

धर्ती उही आकाश उही छोई बहन्छ हावा पनि
दुरी टाढा तर मनमै राख्नु भावनाका मातहरू

सम्झनाको डोरी उनी कतिन्जेल चल्ला मुटु
डर लाग्छ मिल्ने हुन् कि मुटु रेट्ने घातहरू।।

प्रतिक्रिया दिनुहोस