गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

२६ माघ २०७५, शनिबार


गजल

हरेक पल तिम्रै बन्न कोसिस धेरै गरे मैले
आखिरीमा हार भेट्दा अर्कै सुर गरे अहिले

लेखी ल्याउनु पर्ने रैछ साँचो प्रेम पाउन पनि
सोधिरहन्छु आफैसँग के कुर गरेँ कहिले ?

सानो त थ्यो सपना दुई चार पाइला साथ हिँड्ने
अन्याय न कसुर बिना तर्की रहन्छौ जहिले

समयको भुमरीले हो कि बदलिएछौ धेरै
म बिना श्वास लिनै गाह्रो भन्थ्यौ पहिले

प्रतिक्रिया दिनुहोस